surkhet

भारतको प्रस्टीकरण : बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन,

surkhet

साउन २५ ,काठमान्डौ – भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमा गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् ।

Gorkha

शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो ।

Dailekh

तेस्तै नेपालको तर्फबाट आज आईतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

विदेश मन्त्री एस. जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए ।

salyan