गोंगबु हत्या प्रकरणमा प्रहरीले नखुलाएको त्यो सत्य ,
साउन २७ ,काठमान्डौ – काठमान्डौको गोगंबु नवज्योतिमा भएको विभत्स हत्यामा प्रकरणमा सामेल भएकि कलपना मुडभरी (पौडेल) लाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ।
गत २५ गते टोखा नगरपालिका १० मा एक शुटकेशमा एक जनाको शव फेला पर्यो ,स्थानीयले खबर गरेपछि अनुसन्धानमा लागेको प्रहरी प्रभाग अपराध महाशाखाले टाउको ,हात खुट्टा बिनाको शव फेला पारेपछि पहिचान गर्न गारो भयो।
प्रहरीले जोजो नामको कुकुरको सहयोगबाट मृतकको टाउको र हात खुट्टा एक झोलामा छिनालेर फालेको पाएपछि रोल्पाका कृष्णबहादुर बोहाराको हत्या भएको खुल्यो।
अनुसन्धानमा प्रहरीले महिलाले हत्या स्वीकार गरेको बताएपनि आम नेपालि जनतामा ठुलो संका उपसंका उब्जिएको छ।
कलपना र कृष्णबहादुर विगत चार वर्षदेखि घुलमिल हुँदै आएको समेत थिए ,कृष्ण पनि विवाहित हुन् उनि परिवारदेखि टाढा भएर बहसको आठ वर्ष जति भएको खुलेको छ भने कलपनापनि विवाहित हुन् उनका श्रीमान कँहा छन् भनेन भने खुलाईएको छैन।
,उनका तिन छोरी छन् ,जसमा उनले कृष्णको हत्या गर्दा आफ्नै १५ वर्षीय छोरीलाई पनि शव व्यवस्थापनमा लगाएकि थिइन्।
कक्षा १० मा अध्यनरत उनलाई पनि प्रहरीले पक्राउ गरेको छ। गम्भीर कुरा त के छ भने हाम्रो नेपालि समाजमा विश्वास गर्ननसकिने कुरा पनि हो के एक महिलाले पुरुषलाई टुक्रा टुक्रा पारि काट्न सक्छ ,यो असम्भव कुरा हो।
कृष्णले कलपनाको फेक आईडि बनाएर दुखदिने गरेपछि आफुले घटना घटाएको प्रहरीसमू बयान दिएपनि सत्य कुरा पक्कैपनि यो होईन। किन कि फेक आईडीले मानिसको तेसरी टुक्रा टुक्रा पारेर हत्या तेसैमा एक महिलाले गर्न असम्भव छ।
यसमा पकैपनि दोश्रो व्यक्तिको हात हुनसक्ने सबैको आसंका छ ,प्रहरीले गम्भीर अनुसन्धान भईरहेकोले थप बताउन चाहेन।
उनको अवैध सम्बन्ध पनि कृष्ण संग थियो भने कतिपयले भने ठुलो रकम लिनदिन भएकोस समेत खुलाएका छन् ,कृष्ण काठमान्डौको नँया बजारमा एक गार्मेन्टमा काम गर्थे र उनि विगत ८ ,९ महिनाबाट काठमान्डौको एक होटेलमा बस्दै आईरहेका थिए।
प्रहरीका अनुसार मृतक ४५ वर्षीय कृष्णबहादुर रोल्पा रम्तीगढी ७ सतिमका हुन् भने अभियुक्त ३७ वर्षीया कल्पना चितवन कालिका नगरपालिका ७ घर भएर अहिले टोखा नगरपालिका १० नवज्योती मार्गमा बस्दै आएकी हुन् ।
उनी पेशाले गृहिणी हुन् । उनले केही टेलिशृङ्खलामा अभिनयसमेत गरेको प्रहरीले खुलाएको छ ।
कल्पनालाई प्रहरीले साउन २६ गते चितवन कालिका नगरपालिका ९ शक्तिखोरस्थित माइती घरबाट पक्राउ गरेर काठमान्डौ ल्याएको थियो भने कलपनालाई पक्राउ गर्न अपराध महाशाखाले चितवन प्रहरीको समेत सहयोग लिएको थियो ।
हाल सम्म प्रहरीले नागरिकलाई दिएको र अनुसन्धानमा खुलाईएको रहस्य भनेको फेकआईडी मात्र भनेपनि वास्तविक यो होइन।
उनीहरु दुवै पहिले देखि फेसबुकबाट चिज जान थिए। कलपानाको कोठामा मृतक कृष्णबहादुर बेला बेलामा समेत जाने गर्थे।
घटनाको दिन कृष्ण आफू बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा पुगेको खुलेको छ । उनी कोठामा पुगेपछि अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन् ।
मासु चिउरामा अभियुक्तले पाँचवटा निन्द्राको औषधि मिलाई खाना दिएकोसमेत बयानमा उल्लेख बताएकि छिन ।
निन्द्रालाग्ने औषधि खाएपछि मृतक लठ्ठ परेर सुतेको मौकामा अभियुक्तले फलामको मारतोल (ह्याम्मर) ले अण्डकोषमा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ह्यामरले हानेपछि बेहोस अवस्थामा अभियुक्तले सलले घाँटीमा कसेको र मेरोको भन्ने खुलेपछि धारिलो हतियारले टाउको अलग खुट्टा र हात अलग अलग गरि काटिन र शवलाई सुटकेशमा प्याक गरिन भने अन्य अंगलाई पलास्टिकको झोलामा फालिन।
अभियुक्तले हत्या गर्दा हातमा पन्जा समेत प्रयोग गरेकी छिन् ,कृष्ण बहादुरको हत्या पछि कलपना तेही राति एम्बुलेन्स चढेर चितवन पुगिन ,उनलाई कसको र किन एम्बुलेन्सले चितवन लग्यो उनि बिरामीपनि होईनन।
,यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ,तेस्तै प्रहरीले घटना भएको घर क्षेत्रलाई सिल गरेको छ भने नजिकैबाट अन्य ४ महिलालाईस अमेत पक्राउ गरेको बताएको आजको पत्रकार सम्मेलनमा जानकारी गरेको छ।
हामीले एक महिलाको हात काटीएको र रगत बगेको देखेपछि उनि र नजिकक अन्य ४ महिलालाई नियन्त्रणमा लिएका हौ ,अनुसन्धानमै छौ महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।