धुलिखेल अस्पतालमा एक कोरोन संक्रमितको मृ,त्यु कास्कीमा एक महिलाको पनि मृ,त्यु ,
भदौ २ ,काठमान्डौ – कोरोना संक्रमणबाट एक जनाको धुलिखेल अस्पतालमा ज्यान गएको छ।धुलिखेल नगरपालिका,७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृ,त्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २७ गते अस्पताल भर्ना गरिएको थियो भने सोहिदिन चेक जाँचमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।
उपचारकै क्रममा गएराति साढे १२ बजे उहाँको निधन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए।
धुलिखेल अस्पतालमा यो संग ३ जनाको कोरोनाबाट उपचारको क्रममा मृ,त्यु भएको छ।
यो पनि ,
तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा कोरोनाबाट मृ,त्यु भएको छ । तनहुँ ब्यास,१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो ।
अस्पताल ल्याउँदानै उनीमाथि जटिल अवस्था थियो ,ती महिलालाई सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिएका हुन् ।
तिन दिन अगाडी उनको स्वाब संकलन गरि पठाईएको थियो ,हिजो राति उनको मृत्यु भयो भने आज बिहान उनीमाथि रिपोर्ट पोजेटिभ देखिएको खडकाले बताए।