चलचित्र ,मालिकाको,पहिलो सट पशुपतिनाथमा ,,

वैशाख २४ , नायिका रेखा थापाले निर्देशन गर्ने चलचित्र ,मालिका , को छायांकन कार्य सुरु भयको छ सोमबार बिहान पशुपति परिसरमा पूजा गर्दै उनले छायांकन सुरुवात गरेकी हुन् ।

छायांकनको पहिलो दिन रेखा र कलाकार नरबहादुर कार्कीले सट दिएका छन् । १० दिन जति काठमाण्डौमा छायांकन गरेर कोहलपुर र जाजरकोट जाने निर्माण यूनिटको तयारी छ ।

चलचित्रमा रेखा र नरबहादुरसँगै जाजरकोटकी चौध बर्षिया बालिका कमला ओली मुख्य भूमिकामा छन् ।

lekbesi

रेखाको आफ्नै कथा रहेको यो चलचित्रले व्यक्तिको सोच परिवर्तनको कथालाई उठान गर्नेछ । यो चलचित्रलाई लक्ष्मीपूजाको दिन रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत छ ।