बागलुङ ढोरपाटनमा ज्यान गुमाउने प्रति नेकपा अध्यक्ष प्रचण्डद्वारा दुख ब्यक्त ,

भदौ १८ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन ९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आज ट्वीटमार्फत सो घटनामा परी निधन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।
बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्दार कार्यमा जुट्न अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, सबैमा आव्हान गरेका छन् ।
हिजोराति करिब १२ बजे सुकुर्दुङ खोलामा आएको बाढीले बस्ति बगाउदा १२ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन्।
