surkhet

रौतहटका ६ सय बाढी पिडितलाई जस्ता पाता वितरण ,,

surkhet

वैशाख २६ रौतहट- रौतहटमा बाढी पीडित ६ सय परिवारलाई सोमबार जस्तापाता वितरण गरिएको छ ।

गौर नगरपालिका, परोहा नगरपालिका तथा यमुनामाई गाँउपालिका का ६ सय घरधुरीलाई कतार च्यारिटिको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले जस्तापाता वितरण गरेको हो ।

बाढी पछिको पुनर्स्थापना कार्यक्रम अन्तर्गत रौतहटका दुई नगरपालिका र एक गाउँपालिकाका परिवारलाई राहत प्रदान गरिएको गैरसरकारी संस्था आरडीसीका अध्यक्ष पारस हुसेनले बताए ।

Dailekh
Gorkha

बाढीबाट घर क्षतिग्रस्त भएर अझै पनि कष्टपूर्ण जीवन बिताइरहेका विपन्न परिवारलाई घरमा छाना हाल्न जस्ता प्रदान गरिएको उनले बताए ।

गत साउन महिनामा आएको भीषण बाढीमा घरबारविहीन भएका झुनखुनवाका ७० परिवारलाई समेत जस्तापाता वितरण गरिएको हुसेनले जानकारी दिए ।

बाढी पिडित बाट रौतहटमा ८० % भू भाग नस्ट भयको छ , अहिले सम्म याँहाका जनतालाई सरकारले राहात पुर्याउन सकेको छैन।

कतार च्यारिटिकै सहयोगमा यमुनामाई उच्च माध्यमिक विद्यालय झुन्खुन्वामा अध्यनरत एक हजार छात्रछात्राहरुलाई कपी, कलम, पेन्सील, स्कुल ब्यागसहितका शैक्षिक सामग्री समेत प्रदान गरिएको छ ।

salyan