मोदी भ्रमणमा मुक्तिनाथमा दुई दिन सार्वसाधारणको प्रवेशमा रोक ,,

वैशाख,२४ काठमाडौं – भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण आउदै गर्दा स्थानीय प्रशासनले मुक्तिनाथ मन्दिरमा दुई दिन सार्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर प्रवेशमै रोक लगाएको हो ।

मोदी नेपाल राजकीय भ्रमणमा वैशाख २८ गते नेपाल आउदैछन। , मोदी पटना बाट सिधै जनकपुर आउने र जानकी मन्दिरको दर्शन गरि काठमान्डौ आउने जानकारी छ।

मोदीको सुरक्षयाको लागि ११ हजार सैनिक , अनुसन्धान , प्रहरी परिचालन गरियको छ। , तेसै गरि मोदी भ्रमणमा प्रदेश २ मा सार्बाजानिक विदा समेत गरियको छ।

मोदीको लागि भन्दै  प्रदेश सभाका सभासद हरुले सरसफाई गर्दै गरेका छन्। , प्रधानमन्त्री ओलीले भारत भ्रमणको बेलामा मोदीलाई नेपाल आउने निमन्त्रणा गरेका थिय ।

साथै थोरङ्ला पास हुँदै मनाङतर्फ आउन पनि पदयात्रीहरुलाई रोक लगाइएको जिप्रकाले जनाएको छ ।