काँग्रेस महामन्त्री कोइरालाको कोरोना परिक्षण पुन:गरिने ,

भदौ २३ ,काठमान्डौ – नेपालि कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको कोरोना परीक्षणको लागि पुन: स्वाब पठाईएको छ।
सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

कोइरालालाई सोमबार ९९.८ ज्वरो आएको समेत उनको सचिवालयले जनाएको छ । महामन्त्री कोईरालाको रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको छ ।

अद्यापि सामाजिक सनाज्लामा कोईरालाई कोरोना संक्रमण भनेर लेखिएपनि केहीबेरमा रिपोर्ट आएपछि सार्वजानिक हुने उनको सचिवालयले जनाको हो।
