suekhet
bheriad

प्रधानमन्त्रीलाई बाबुराम भट्टराईको झटारो कथाको लाटोबुंगोको अवतार ,

lekabesi

भदौ ३१ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली कथामा हुने लाटोबुंगोको अवतार रहेको समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्।

कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो ओलीसरकार तेसैको अवतार हो भट्टराईले ट्विट गर्दै भनेका छन् ।

आम नागरिक मिडियाले हारेको व्याक्तिलाई राष्ट्रियसभामा लैजानुहुनन भन्दा लाने र २२ घण्टाको लोडसेडिंग अन्त्य गरेका कुलमानलाई पुन: नियुक्तिको माग गर्दा नगर्नु भनेको उस्तै हो।

बर्दियाबाट चुनावमा पराजित भएका नेकपाका उपाधय्क्ष बामदेव गौतमलाई नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा सिफारिस गरेको छ।

उज्यालो अभियानका सफल ब्याक्ति कुलमानको कार्यकाल पुन: नियुक्त गर्न माग गर्दा प्रधानमन्त्री ओलीले कुनैपनि वास्ता नगरेका हुन्।

कुलमानलाई पुन: नियुक्तिको माग गर्दै आम नागरिकले देशका विभिन्न भागमा आन्दोलन विरोध प्रदर्शन गरेका छन्।