शेरधन राईलाई आरोप लगाउने बालिका खड्का प्रहरी नियन्त्रणमा,

असोज ४ ,काठमान्डौ – प्रदेशन १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नी श्रीमान हो भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेर फिर्ता लिने दोलखाकी बालिका खड्कालाई पेरिसडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
नेताहरुलाई भेट्ने काम छ भन्दै कार्यालयमा छिर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए।


दोश्रो ब्याक्तिले उछालेर आफुले शेरधन राईलाई आरोप लगाएको बताउदै गत भदौ ३१ गते बालिकाले मुद्दा फिर्ता लागेकी थिइन् , उनि नेकपाकि कार्यकर्ता हुन्।
शेरधन राईले आफुलाई लामो समयदेखि श्रीमती बनाएर कोठामा राख्ने ,र सार्वजानिक स्थलमा यौन शोषण गर्ने गरेको बताउदै उनले सामाजिक सञ्जालमा अभिव्यक्ति समेत दिने गरेकी थिइन्।
पछि उनले शेरधन राई आफ्नो श्रीमान भएको र सम्पतिको हक दाबि गर्दै मुद्दा दायर गरेकी थिइन्।
