surkhet

रेलको रङ्ग उड्छ भनेर जनकपुरमा त्रिपाल ओढाएर पार्किङ्ग गरियो ,

surkhet

असोज ५ ,काठमान्डौ – जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आईपुगेको रेललाई सुनसरीको इनरुवामा पार्किङमा त्रिपाल ओढाएर राखीएको छ।

रेल अहिले तात्काली चल्न नसक्ने भन्दै राखीएको हो ,किन कि नेपालमा रेल चलाउने अहिले सम्म ड्राईभर छैनन्। भारतबाट रेल चालक ल्याउने बताएपनि कोरोना महामारीका कारण सीमा नाका बन्द रहेकोले अहिले ड्राइभरसहितको जनशक्ति नदिने भएकोले रेललाई ढाकेर राखीएको हो।

जनकपुर-जनयनगर रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनाएर नेपाल ल्याइएको थियो ।करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल बताईएपनि भारतले भने छिमेकीसंग मित्रता सुमुधुर बनाउने दुईवटा रेल दिएको बताएको छ।

Dailekh
Gorkha

नेपालका रेलवे महानिर्देशकका अनुसार भने नेपालमा अरेल संचालन हुन अझै एक देखि डेढ वर्ष लाग्ने भएको छ।

No description available.

सरकारले सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता गरेको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

 

salyan