चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रवक्ता ज्ञवालीको भनाई ,

असोज ७ काठमान्डौ – चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। बुधबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

चीनले हुम्लाको लिमी उपत्यकामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै सामाजिक संजाल खबर पत्रपत्रिकामा आएकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै उनले चीनले नेपालको भुमि अतिक्रमण नगरेको बताए।

आजभोलिको खबर जस्तै २०७३ सालमा पनि आएको अवगत गराउदै त्योबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको थियो।

lekbesi

चीनले बनाएका भनेका घरहरु नेपाल,चीन सिमाबाट एक किलोमिटरभित्र रहेकोपनि ,मन्त्री ज्ञवालीले बताए। उनले यस्तो विषयमा रिपोर्टिङ गर्नुअगाडि सम्बन्धित मन्त्रालयका सम्बन्धित विभागसँग आधिकारिक धारणा माग्नसमेत आग्रह गर्दै नेपाल चीनबीच सीमा समस्या नभएको प्रवक्ता ज्ञवालीले प्रष्ट पारे।

जुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चास्थित नेपाली भूभागमा भवन नबनाएको चीनले दाबी समेत गरेको थियो।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली उक्त इलाकाको अनुगमन गर्दा जाँदा भवन बनाए नजिक पुगेको टोलीलाई चिनियाँ सैनिकले माइकिङ गर्दै ‘फर्किएर आफ्नै सीमामा जान’ अनुरोध गरेको थियो। चिनियाँ पक्षले सीमा नमिचेको माइकबाटै दाबीसमेत गरेको थियो।