कांग्रेस अब कांग्रेस रहेन,

राजन कार्की ,
असोज १० ,काठमान्डौ – भारतिय काङ्ग्रेसबाट छुटेर २००४ सालमा जब सुवर्ण शंमशेरको नेत्रृत्वमा नेपाली काङ्ग्रेसले भारतमा जन्म लियो र फवरेसगंजमा नेपाली काङ्ग्रेसले पार्टी कार्यालय खोल्यो ।
तव नेपालमा राणाजिका निरंकुश जाँहानिया शासन र याहाका केही सामन्ति फटाहहरुको जनता माथि हुने दमन तथा अन्याय-अत्याचारको कारण राणा विरोधी अभियानले थप गति लिएर गईरहरको थियो ।
काङ्ग्रेसले आफुलाई जति ठूलो प्रजातान्त्रिक पार्टी भने पनि वि.सं १९९६ मै नेपालमै प्रजा परिषद ( वास्तविक चार सहिदको)नामको पार्टी खुलिसकेको थियो ।

जुन प्रजा परिषद् लाई राजा त्रिभुबनले जनता माथि भएको अन्याय र अत्याचार सहन नसकि राणा विरुद्ध भित्रा भित्रै सहयोग र समर्थन गरेका थिए ।
काङ्ग्रेसले ७ सालको प्रजातन्त्र ल्याएको दावी गरे पनि सत्यतामा राजा त्रिभुबनको महत्वपुर्ण भूमिका थियो ( जुन भूमिकालाई अहिले सम्म पार्टी नेता र ईतिहासले अन्य नेपालका महत्वपुर्ण ऐतिहासिक घटनालाई झै गुमराहमा राखेको छ ) यस प्रकार भारतले नेपाली काङ्ग्रेस भनिने भारतिय काङ्ग्रेसलाई र यसका केही नेताहरुलाई काङ्ग्रेसमा गाभ्ने र भारतले ब्यभाचारी गरि भारतिय भुर्ण हालि दिएको थियो ।
नामधारी नेपाली काङ्ग्रेस वास्तवमा नेपाली काङ्ग्रेस थिएन र हुदैन ( अहिले सम्म नेपाली जनता माझ हुन सकेको पनि छैन ) किनभने यो भारति काङ्ग्रेसको फोटोकपी र सेरोगेसी थियो ।
नेपाली काङ्ग्रेसले लामो समय भारतमा वसेर नेपाल बिरुद्ध नै शसस्त्र क्रान्त्रि गरेर नेपाली जनतालाई दिनु सम्म हैरानी र दुःख समस्या दिई रह्यो शसस्त्र क्रान्त्रिको नेत्रृत्ब विपिले लिए पनि पार्टी सभापति सुबर्ण शम्शेर थिए ।
सुवर्र्णको र विपिको यहि शसस्त्र क्रान्त्रिको विचमा विवाद थियो । बिपि शसस्त्र क्रान्ति गर्ने भन्थ्थे । सुवर्ण शमसेर हुदैन राजा प्रति नरम पन्थि हनु पर्छ भन्थ्ये ।
बीपीको लाईन वा पक्षमा बिपि ,गिरिजा ,चक्र ,शुशिला, देउवा खुमबहादुर लगायतको उग्र काइग्रेसहरु थिए भने सुवर्णको नितिमा कृषणप्रसाद भट्टराई ,शेलेजा आचार्य,गणेशमान सिंह लगायतका थिए ।
त्यहि भएर लामो समय सम्म पनि क्रान्त्रीले सहि बाटो लिन सकिरहेको थिएन । जसलाई एमाले सहित विभिन्न नामधारी कमनिष्टहरुले पराय भुमीमा वसेर तथाकथित क्रान्त्री ( माओवादी क्रान्त्रीगर्नु पर्यो भने तेरा घरमा काला काङ्ग्रेस पसोस् भन्थे र नेपााली जनताले आज परयन्त नेपाल र नेपालीे जनताले शिरमा यो पापको धब्वा बोकिरहेका छन् ।
यसरी नेपाली काङ्ग्रेसले देश र जनता प्रति गद्धार गरेर नेपालको बिकाश कृषक जनताको विकाशको लागि विपि र गिरिजाको ठाडो आदेशमा २०३० जेठ २८ गते शाही नेपाल वायु सेवा निगमको सानो १९ सिटे ट्युनिअटर विमान विराटनगरवाट वाट काठमान्डौ उडान भरेर राष्ट्रिय वाणिज्य बैकको रकम ल्याउन लागिएको भारु ३० लाख बैकका कर्मचारी समेतको मिलोमतोमा पहिले देखिकै षडयन्त्रपुर्वक नेपालमा भुतो न भविश्य हुने गरि आतंककारी गतिविधि द्धारा दक्षिण एसियामै पहिलो पटक विमान अपहरण गरिएको तीन सदस्यिय ( नाईके दुर्गा सुवेदी वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल) भारतको फरवेशगंन्जमा लगि जाहाज अवतरण गरेको दुर्गा सुवेदी स-गर्व दावी गर्छन ।
जसको मुद्धा भारतमा अझै पनि छदैछ । अरु देशको जस्तो ऐन कानुन हो भने त्यो मुद्धा अझै विउतिन्छ । नागरिको अदालत बनाएर यी कमनिष्ट काङ्ग्रेसका नेता भनउदाहरुको सम्पुर्ण अपराधहरुको फायल खोल्ने हो भने सवै जघन्य मानवता विरोधी हत्या बलत्कार सिबाय केही छैन खाली यिनिहरुले आफ्नो अपराधलाई राजनैतिक रंङ्ग दिएर चोखीरहेका छन् ।
(तिनिहरु सवै बचेका भनेकै राजा विरेन्द्रको कृपाले र शालिन व्यवहार जे गरे पन सहने र सोझो कारणले हो । ज्ञानेन्द्र यसकाो ठिक विपरित नेपालको ईतिहासमा पृ्थ्वि, महेन्द्र पछिका राजा वन्न योग्य ज्ञानेन्द्र जसले राजदन्डको सहि सदुपयोग गर्थे- दन्ड र पुरुस्कारको सहि परिचालन गर्थे ।

– यस प्रकारको स्वभाव राजा ज्ञानेन्दमा भएका कारण अब यो राजा भयो भने त हामीलाई मनलागि गर्ने छुट हुदैन भनेर यी सवै मिलेर जनताको प्रतक्ष्य अभिमत विना जनताको माग बिना विदेशीले जवरजस्त थोपरी दिएको ब्यवस्था हो गणतन्त्र नत्र राजसंस्था किन फाल्थे ?) नेपालको नियम अनुसार मृत्युडन्द हुने हुदा भारतमै यो मुद्दा चलाईएको हो । यसरी नेपाली जनता बिरुद्ध गरेको अपराधलाई राजनैतिक क्रान्ति रे । हाँसो उठ्छ ।
राजा र राणाले घोडा छुन दिएनन् चढ्न दिएनन् भनेर रुसमा पढ्न पठाएन भनेर गाउँ समाजमा पातकी काम गरेर झापा झरेर अर्काको खाको ऋण तिर्न नचाँहेर -लुटन र चोर्न नपाएर हत्याहींशा गरेर विजातिय कुमाईहरु प्रतिस्पर्धा गर्न नसकेर विदेशी सिदान्त बोकेका काङ्ग्रेस र कमनिष्ट वनेका हाम्रा देशका नेताले देश र जनताको हितमा काम गर्छन भनेर नारामा हामी जनता यिनको पछि लाग्नु नै वेबकुफी हो ।
यसको सजाय हामीले नभोगे यमराजले भोग्छन् त? यस अर्थमा नेपाली काङ्ग्रेसको देश र जनता प्रति जति सुकै अपराध गरेपनि-भएपनि प्रजातान्त्रिक पार्टी भएकाले जनताले यसलाई सहर्ष स्विकार गरि सात खत माफ गरेका थिए ।
तर जनताको यो स्विकारलाई काङ्ग्रेसले वुझ्न सकेन । आज सम्म बुझ्ने प्रयत्न पनि गरेन अतः दुई कमनिष्टको पोइ कुना वसी रोई भएको छ । ३६ सालमा विपिले पहिलो चोटि पंचायति प्रजातान्त्रिक ब्यवस्थालाई स्विकारे र प्राप्त जनमतको कदर गरे काङ्ग्रेसजन यो मान्न तयार छैन किनकि यो सालिन राजा विरेन्द्रले झेली गरे रे।
नत्र २८ र ३० लाख मात्र मतको अन्तर किन हुन्थ्यो ? १० लाख र ४८ लाख हुनु पर्थ्यो । तब काङ्गेस मान्थ्यो । सज्जन काङ्ग्रेस यसै भन्छन म के भनौ ? ४६ साल पछि पनि काङ्ग्रेसलाई सुध्रने मौका लगातार अायो तर वहुमत काङ्ग्रेस किन मान्थ्यो । मध्याबधिमा गयो तत् पश्चात् दोश्रो स्थानमाा खुम्चियो ।
अनि शसस्त्र माओवादीको जन्म गरायो ( जुन पहिले आफुले गरेको थियो त्यहि सिकायो । दोष जति राजसंस्थालाई लगायो । अचम्मको राजनिति छ नेपालमा गल्ति एंव राजनैतिक अपराध पार्टीहरुले गर्ने दोष जति राजसंस्थालाई दिएर आफू चोखिने अब राजसंस्था यिनिहरु ( पार्टीहरु)-छैन भन्छन- अब हेरौ कसलाई दिन्छन ?
सायद अब जनता त बाकी नै छन् । एक दिन देश विघटन् हुन्छ र पुर्व पश्चिम राजमार्ग सिमाना बनाएर उत्तर चिन दक्षिण भारतले खान्छन् बल्ल वल्ल वास्तविक पार्टी सिदान्त र विदेशीलाई दोष दिदैनन् । किन कि बिदेशी र आफ्नो ईच्छा पूरा हुन्छ अनि किन दोष लगाउने ?
माओबादीको जन्म पछि त्यसकोपिडा सहन नसकेर गिरिजा करिव करिव बौलाएका थिए । आफ्नो कर्म विर्सीएर माओवादी विरुद्ध सेना लगाउन खोजे परन्तु राजाले आफ्ना प्यारा जनता मार्न चाहेनन् फलतः गिरिजा राजा प्रति पनि उग्र बने ।
यो जनताको आदेशले काङ्ग्रेस केही सुध्रियो र सन्त नेता कृष्णप्रसाद भट्टराईको नाम भजेर गिरिजाले षडयन्त्र गरेर फेरि पहिलो पार्टी भएर वहुमत ल्यायो । यो जनताको मतको पनि कदर गर्न सकेन र आफू आफू र कमनिष्ट संग हानथाप र भँडभैलो गरेर वसी रह्यो । ६२-६३ को आन्दोलन पनि यसैको नेत्रृत्वमा भयो ।
काङ्ग्रेस ७ साल पछि पनि यसले यस्तै जनता विरोधी काम गर्यो र महेन्द्र सरकारले विपिलाई अपधस्त गर्नु पर्यो र महेन्द्र सरकारको १० वर्षे शासन कालमा नेपालको विकाशलगायत सम्पुर्ण क्षेत्रको मान चित्र र राष्ट्रिु मार्ग चित्र तयार भो । जसको जगलाई आज काङ्ग्रेसको नेत्रृत्बमा भत्काउने काम मात्र भयो ।
कमनिष्टलाई दुधे वालकलाई झै फकाएर आउवावु आउआउ ।नरोबाबू नरोउनरोउ ।भनेझै डडाल्लोमा बोक्ने र राष्ट्पतिको महत्वकांक्षाले छोएको (विपिको भाषामा हबल्दार) वाट सौताको रिसमा लोग्नेको सुरुवाल सु- गर्ने र देश र नरेश माथि यो जघन्य पकृतिको असल कामको शुरुवात भो ।
ईतिहासमा यो घटना पनि सुनौला अक्षरले लेखिने आदरणिय नागरिकहरुमा जाहेर गर्दछु । विपिले समेत महेन्द्र वाट अपदस्त भएर निर्वासनमा हुदा जब भारतले ईन्दिरा गान्धीको नेत्रृत्वमा सिक्किमभारतमा विलय गरायो तब न बुद्धि आएको हो हुन त उनलाई काङ्ग्रेसी जन माहामानवको पगरी दिन्छन कुनअर्थले हो मलाई त थाह छैन परन्तुः प्रदिप गिरीले बिपिको माहामानवको राम्रो व्याख्या गर्छन् ।
नत्र उनि भारतकै तालमा सवै नृत्य गर्न पाराङ्गत थिए । सायद यहि कारण हुन सक्छ । भुमिसुधार लागू भए पछि राणासंग लुटिएको सम्पति जोगाउन सवकासव नेपाली काङ्ग्रेस भए ।
बिग्रया राणा-सप्रया काङ्ग्रेस – विग्रया काङ्ग्रेस सप्रया पंच भए – बिग्राय पंच सप्रया कमनिष्ट भए परन्तुः खै अब के विग्रेर के सपरिन्छ मलाई थाह छैन । यश अर्थमा मलाई एउटा त्यह हिन्दी फिल्मको संवादकि याद आउँछ- सवकुछ खाईङ्गे लेकिन घोडीका मास कब नहि खाई्गे । हम कभि नहि सुध्रेन्गे ।
