प्रदेश ५ राजधानी विवाद नेपाली कांग्रेसले गर्यो प्रदेशसभा बैठक अवरुद ,

असोज १९ ,वुटवल – प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
सोमबारको प्रदेशसभा बैठकमा सुरुमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरे।
सहमतिमै राजधानी तोक्नुपर्ने तानाशाही शैलीमा राजधानी तोक्न खोजियो उनले जवाफ मागेका थि। लगतै सांसदहरुले रोष्टम घेराउ गरेपछि २ बजे सम्मको लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ।


तेस्तै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको हो भन्दै उनको आरोप छ।
कांग्रेस र कम्युनिष्ट राष्ट्रिय पार्टी भएकोले भेगअनुसार राजधानी तोक्न मिल्छ वुटवल के कारणले राजधानी हुन सक्दैन जवाफ दिनुहोस ?
बुटवल, दाङ वा कपिलवस्तु जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्छ।
तर केपी केपी ओली र प्रचण्डले भन्दैमा दाङ्ग प्रदेश राजधानी हुन्छ भन्दै कनौडियाले त्यसको तत्काल जवाफ दिनुपर्ने माग राखे।
