Gold

नेपालमा कोरोना संक्रमितको संख्या झनै बढ्यो आज २४ सय ४० जना फेला ,

Naumule Migrate

असोज १९ ,काठमान्डौ – आज नेपालमा थप २२४० जना कोरोना संक्रमित फेलापरेका छन् ,यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तेस्तै आजको पीसीआर संख्या १३७८१ रहेको छ। हाल देशमा २३५०७ सक्रिय कोरोना संक्रमितको संख्या रहेको छ।

जसमा ११११९ संस्थागत आईसोलेसन र १२३१६ जना होम आईसोलेसनमा अरहेका रहेका मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

गत २४ घन्टामा ११३३ जना डिस्चार्ज भएपछि हाल सम्म कुल ६५२०२ जना निको भईसकेका छन्। देशभरको क्वारिनटिनमा ४०३३ जना रहेको मन्त्रालयले जनाएको छ।

देशभर २४४ जनाको आईसियुमा उपचार भईरहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

तेस्तै पछिल्लो २४ घन्टामा अकोरोनाबाट १९ जनाको मृत्यु भएपछि हाल सम्म कुल ५५४ जनाको कोरोनाबाट निधन भईसकेको छ।

 

 

Naumule Badhipahiro