सल्यानमा वेवारिस अवस्थामा बालक जंगलमा फाल्ने आमा सहित दुई जना पक्राउ ,

मोहोन ओली सल्यान ,
असोज १९ ,सल्यान – सल्यानमा वेवारिसे अवस्थामा बालकलाई जंगलमा फाल्ने आमा सहित अन्य एक जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ।
आज बिहान ६:३० बजेको समयमा शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा बेवारिसे अवस्थामा फेला परेको भनिएको अन्दाजी २८ दिने बच्चाको आमा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा शारदा नगपालिका वडा नं ३ को वर्ष ३५ कि शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारीलाई आज दिउँसो विभिन्न स्थानहरुबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

दुवै जना गत वर्ष कार्तिकमा रोजगारीको शिलसिलामा भारतको उत्तराखंडमा सँगै गएका यी दशैं मान्न भन्दै सङ्गै घर फर्केका थिए ।गाडडाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिन बसी सल्यानको श्रीनगर हिजो असोज १८ गते पुगेका बताईएको छ ।
घर पुग्दा दुवै जनाले सल्हाबमोजिम बच्चा नलैजाने भन्दै १८ गते बेलुका ६ बजेतिर जंगलमा फालेर हिडेका थिए।१९ गते आज बिहान ६:०० बजेतिर मर्निङ्ग वाकमा निस्केका स्थानीयले बच्चा जंगलमा रोईरहेको देखेपछि प्रहरीलाई जानकारी गरेका थिए।
सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खोजतलासको लागि खटाईएको थियो ।
बच्चालाई अहिले जिल्ला अस्पताल सल्यामम राखीएको र उनको अवस्था सामान्य रहेको मोहोन ओलीले बताए। प्रहरीले पक्राउ गरि दुवै जनालाई थप अनुसन्धान गरिरहेको छ।
