परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त,

असोज २३ ,काठमान्डौ – सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ । नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्।

पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत रहेका थिए ।

यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई कायम राखेर पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हो।

lekbesi

निमित्त सचिव हुनुअघि सम्म उनी परराष्ट्र प्रवक्ता थिए।स्याङ्जाका ४५ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए।