बाजुरामा भूकम्प पिडितका टहरा हावाहुरिले उडाईदियो

बाजुरा – बाजुरामा हुरिबतासका कारण ४० परिवारको टहरामा क्षती पुगेको छ।

जिल्लाको गौमुल गाउँपालिका ६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितका घरहरुमा हावाहुरिले क्षती गरेको हो।

भूकम्प  पिड्तको घरको जस्तापाता हुरीबतासले उडाउँदा क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए।

lekbesi

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्य नभएको वडा सदस्य चदाराले बताए ।

बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि उनिहरुलाई बस्न खान समेत समस्या परेको छ। बैशाख १६