मुख्यमन्त्री शाहीको पद जोगियो माधव पक्षको साथ् ,

असोज २७ ,काठमान्डौ – कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले साथ दिएपछि शाहीको पद जोगीएको छ।

शाहीको पक्षमा २० जना सांसद उभिएपछि शाहीविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षरगर्ने सांसदहरुको सपना तुहूईएको हो।

आइतबार नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलका नेता रहेका शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ३ जना पुर्वमाओवादीका सांसद छन्।

दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार माधव नेपाल पक्षका ८ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन्।

तेस्तै मुख्यमन्त्री शाहीनिकट स्रोतका अनुसार नेपाल पक्षीय सांसदसँग मन्त्रीमण्डल पुनर्गठनको सहमति भएको छ। यो संगै अब संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावको सन्दर्भ अन्त्य भएको छ ।