मुख्यमन्त्री शाहीले कुर्मराजलाई दिए सचेतकको जिम्मेवारी ,

असोज २७ ,सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचेतकको जिम्मेवारीमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन्।

शाही कालीकोटबाट निर्वाचित सांसद हुन् । मुख्यमन्त्री शाहीले हिजो मात्र प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गरेका हुन् ।आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।