मन्त्री त्रिपाठीको स्वास्थ्यमा सुधार ,

असोज २७ ,काठमान्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए ।

गत आइतबार मन्त्री त्रिपाठी अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारकोलागि त्रिपाठीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लागिएको थियो। अस्पतालमा पुर्याएपछि उनको सोमबार रातिनै पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।

मन्त्री त्रिपाठीको उपचारमा सोही अस्पतालका चिकित्सक डा प्रवीणविक्रम थापा, डा धीरेश महर्जन, डा रोशन घिमिरे र डा सन्तोष श्रेष्ठ खटिएका छन् ।