Gold

वडा अध्यक्षले स्थानीय युवालाई कुटपिट संगै करेण्ट लगाईदिएपछि ,

Naumule Migrate

कार्तिक १५ ,सर्लाही – जिल्लाको ईश्वर पुरा नगरपालिका वडा न,९ रामनगरका वडा अधय्क्ष अमिरिलाल साहले स्थानीय एक युलाई मरनासम्म कुटपिट गरेका छन् भने उनले ति युलाई सुई लगाईउने र करेण्ट लगाउने गरेको घटना बाहिरिएको छ।

स्थानीय दलित युवा गोबिन्द माझी मुसहरलाई झुठो आरोप लगाउदै चोरीको आसंकामा उनले निर्घात कुटपिट समेत गरेका हुन्।

जना निर्वाचित समेत रहेका वडा अध्यक्ष शाहाले सोहि स्थानका स्थानीय रामचन्द्र महतो सुडी र भरत महतो सुडीसंग मिलेर युवालाई कुटपिट गरेका हुन्।

चोरी कसले गर्यो भन्ने समेत जानकारी नपाएका वडा अध्यक्षले युवालाई आरोप लगाउदै कुटपिट गरेपछि स्थानीयले तत्काल युवा कुट्ने साहलाई कारबाहीको माग गरेका छन्।

चोरी कसले गर्यो भन्ने समेत जानकारी छैन ,दोषी भएपनि कानुनले कारबाही गर्ला वडा अधय्क्ष आफै न्यायले बनेर मान्छे लगाएर समेत कुटपिट गरिएको छ तत्काल कारबाही हुनुपर्छ स्थानिले भने।

उनले उनको सामाजिक सञ्जालभरि चर्को विरोध भईरहेको छ भने दोषीलाई कारवाहीको माग गरिएको छ।

 

Naumule Badhipahiro