करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृ,त्यु

२० कात्तिक,काठमाडौं-कावासोती । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृ,त्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृ,त्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला हिजो साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृ,त्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । मृ,त्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको मल्लले जानकारी दिए । पहिरोमा पुरिएका पाँचै जनाको श,व इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घा,इते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेका थिए । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।