ट्रम्प भन्छन्ः फेरि मतगणना गर ! बाइडेनले जित्दै चुनाव,यस्तो छ नतिजा

वासिङटन,२० कार्तिक- अमेरिकी निर्वाचनको मतगणना जारी रहँदा जो बाइडेनले एरिजोना राज्यमा हारेपछि डोनल्ड ट्रम्प जित नजिक रहेको विश्लेषण हुन थालेको छ । निर्णायक मानिएका राज्यको मत गणना समेत सुरु भइसक्दा बाइडेनको उत्साहजनक परीणाम नआउँदा ट्रम्पले जित्नसक्ने केही विश्लेषण भएका छन् । बाइडेनलाई छिटो नेतृत्व परिवर्तन गरिरहने राज्यको बढी भोट आउने अपेक्षा गरिएको थियो ।

तर त्यस्तो पनि भएन । बाइडेनलाई ती राज्यमा भोट आए पनि ट्रम्प सँगसँगै देखिए । राष्ट्रपति पदमा विजयी हुन कम्तिमा २ सय ७० इलेक्टोरल कलेज भोटको खाँचो पर्छ । त्यसमा पनि केही निर्णायक राज्यमा गरिएने मतगणना सबैका लागि चाखपूर्ण हुन्छ । दु

बैले आआफ्नो दावी गरे पनि दुईबीच कडा प्रतिस्पर्धा छ । ट्रम्पले भने यसअघि नै मतगणनामा जालसाजी गरिएकाले प्रक्रिया नै रद्द गर्नुपर्ने चेतावनी दिएका थिए । साथै आफूले चुनाव लगभग जितिसकेको भन्दै ठोकुवा समेत गरेका छन् ।