surkhet

घुस लिदा लिदै इन्जिनियर पक्राउ

surkhet

२२ कार्तिक, काठमाडौं- नुवाकोटको वट्टारबजारबाट शनिबार एक जना इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प,क्राउ गरेको छ। नुवाकोटकै बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेललाई अख्तियारको टोलीले घु,स लिएको रकमसहित प,क्राउ गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

विदुर नगरपालिका–४ को व्यस्त बट्टार बजारमा रहेको एक मिठाइ पसमा बसेर सेवाग्राहीसँग विकास निर्माणको काम गरेबापत घुस रकम लिदै गर्दा इन्जिनीयर पौडेल पक्राउ परेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए। उनलाई पक्राउ गरेको स्थानमा अख्तियारको टोलीले स्थलगत मुचुल्का तयार गरेको छ।

Gorkha

नगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर पौडेललाई सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ घुससहित स्टिङ अपरेशनअन्तर्गत आफ्नो टोलीले रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। उनका अनुसार पौडेललाई घुस खुवाउने कार्यमा रहेका एक जना बिचौलियासमेत पक्राउ परेका छन्।

Dailekh

घुस रकमसहित पक्राउ परेका इन्जिनियर र अर्का युवकलाई काठमाडौं लगेर थप अनुसनधान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार थप अनुसन्धान गरेर मुद्धा दायर गरिनेछ। घुससहित पक्राउ परेका इन्जिनियर पौडेल बेलकोटगढी नगरपालिकाले करार सेवामा नियुक्त गरेका अस्थायी कर्मचारी हुन्।

salyan