Gold

“मदन भण्डारी”स्पोर्ट्स एकेडेमि बाँकेको जिल्ला भेला सम्पन्न,अध्यक्षमा रमेश मिजार!

Naumule Migrate

२६ कार्तिक, काठमाडौं- मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँकेको जिल्ला भेला सम्पन्न भएको छ।गत सोमबार कोहलपुर को स्वस्तिक कटेज एण्ड रेस्टुरेन्टमा एक औपचारिक कार्यक्रमका बिच भेला सम्पन्न भै पदादिकारी चयन गर्ने कार्य भएको छ।

बाँके जिल्लाका खेलप्रेमी युवाहरुलाई समेटेर गठित खेमराज शर्मा को अध्यक्षतामा रहेको समितिलाई विघटन गर्दै जिल्ला भेला मार्फत नयाँ पदादिकारी चयन गरिएको हो,जस्को अध्यक्ष मा रमेश मिजार,उपाध्यक्ष मा धन ब,बिस्वकर्मा,सचिव बिरेन्द्र भन्डारी ,सदस्यमा डम्बर विस्वकर्मा,माधब खत्री,रोशन शाहि ठकुरी,भरत घले,सुगम शाही,बिजन श्रेष्ठ,तिलक देवकोटा,कृतिका आचार्य लगाएत ७१ सदस्यिय जिल्ला कमिटी सदस्य चयन गरिएको सदस्य डम्बर विस्वकर्मा ले जानकारी दिनुभयो ।

खेलकुद क्षेत्रमा बिकास,प्रभावकारिता र गतिशीलता साथ अगाडी बढाउने उद्देश्यले गठित मदन भण्डारी स्पोर्ट्स एकेडेमी ले खेल क्षेत्रको विकासमा अग्रणि भुमिका खेल्दै आईरहेको र अब प्रभावकारी ढङ्गले भुमिका निभाउनुपर्नेमा नब निर्वाचित अध्यक्ष रमेश मिजार ले बताउनु भयो ।

जिल्ला भेलामा मदन भण्डारी फाउन्डेसन लुम्बिनी प्रदेश अध्यक्ष सुर्य ढकाल , कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत , खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति,खजुरा गा.पा व,डा.नं ४ वडा अध्यक्ष तिकलविर सुनार, नेकपाका नेता भिम ओलि , पुजन बिश्वकर्मा,लगायतले आ आफ्नो धारणा राखेका थिए भने अनेरास्ववियु केन्द्रिय सदस्य मोहित शाह,सुर्य रोकाय, अनेरास्ववियु बिद्यार्थी नेता प्रकाश विस्वकर्मा,प्रकाशमान सिंह,सुमन घिमिरे,दिनेश के,सि लगाएतको को समेत सहभागीता रहेको थियो ।

Naumule Badhipahiro