व्यक्तिगत रिसिबी र घरेलु मदिराको उपज दिपक टमट्टाको मृत्यु,निष्पक्ष छानबिनको माग
६ मंसिर,काठमाडौँ । नेपाली समाज जति आधुनिक बन्दै छ, त्यति नै विकृतिहरु पनि समाजमा बढिरहेको पाइएको छ । परिणामका रुपमा समाजमा महिला हिंसा र दुव्र्यवहार, घरेलु हिंसा जस्ता विकृतिका घटना नेपाली समाजमा वर्षेनी बढिरहेको छ । यद्यपि कानुनी रुपमा दण्डनीय बनाइएको भए पनि समाजमा यस्ता घटनाहरु विद्यमान नै छन् । अझै भन्ने हू भने सामाजिक अगुवा नै खुलेआम गर्न नहुने काम गरिरहेका कतिपय घटना बाहिर समाजमा देखिएका छन् ।
तुलनात्मकरुपमा असक्षम र चरित्रहिन व्यक्तिलाई राजनीति र अन्य कुनै पनि पहुँचको आडमा समाजका हरेक सामाजिक क्रियाकलापका महत्वपूर्ण जिम्मेवारीहरु बहन गर्न लगाउदा पनि हाम्रो देशमा अप्रिय घटना घटिरहेका छन् । मानौ कि शिक्षक जतिसुकै योग्य भएपनि यदि ऊ धूमपान, मद्यपान वा अन्य कुनैपनि असामाजिक गतिविधिहरु गर्दछ भने उक्त योग्य शिक्षकबाट विद्यार्थीकहरुले विषयगत शिक्षा मात्र सिक्छन् कि उसका गलत बानी व्यवहारहरु पनि । मध्यपान र धूमपान जस्ता कुलतहरु गर्नाले हालसम्म कसको इज्जत बढ्यो । को स्वस्थ र सभ्य बन्यो । कसको आर्थिक उन्नती भयो ।
अनि कसको सामाजिक ख्याति कायम भयो । लेखे पढेको, जागीर खाएको, राजनीतिक नेता बनेको र विभिन्न समाजिक तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको के समाजलाई लथालिंग पार्नकै लागि हो त । के नशा स्वयममा दशा होइन । के हामी स्वस्थ र आदर्श समाज निर्माणको परिकल्पना गर्न सक्दैनौं । आदरणीय जानकार एवम जिम्मेवार महानुभावहरु, हाम्रो समाजमा दिनानुदिन डरलाग्दोगरि बढिरहेका विकृति विसंगतिहरुमा सुधार ल्याउनको लागि सम्बन्धित सबैले योजनाबद्ध रुपमा क्रियाशीलता अपनाउने काम कहिलेदेखि हुन्छ ।
अछाम रामारोसन गाउँपालिका वडा नम्बर ६ दिपक टमट्टाको मृत्युको पछाडि व्यक्ति कि मदिरा ?
जथाभावी भैरहेको मदिराको खुल्ला बेचबिखन र सेवनले समाजमा दिन दुईगुना रात चौगुना बिकृती बढिरहेको रामारोसन गाउँपालिकामा मदिरा व्यवस्थापन अभियानमा स्थानीय र सामाजिक अगुवा न लागेका भने हैनन् । तिनै सामाजिक अगुवा र स्थानीय रैथाने राजनीतिक खोल ओडेकाहरुबाट नै हरेक कानुनका सिमा मिचेर उल्घन गरिरहेका छन् । बढदो मदिराको सेवनले समाजमा हत्या हिँसा, बलात्कार बढाउन बल पुरयाएको छ ।
अत्यधिक मदिरा सेवनकै कारण मुटु, प्रेसर, सुगर, क्यान्सर, मृगौला, पेट र दिमागका रोगीहरु बढिरहेका छन् । जसका कारण समाजमा अनेक प्रकारका घटना बाहिर आउँ लागेका छन् ।जताततै मदिराको बिक्रि हुँदा बालबालिका, यूवा, प्रौढ, बृद्ध, मजदुर मात्र नभएर शिक्षित वर्गहरुमा समेत प्रभाबित भैरहेका छन् । जसले समाजको वातावरण बिगार्ने काम भैरहेको छ । समाज दिनदिनै अराजक र असहिष्णू हुदै गैरहेको छ । तर नियमनकारी निकायहरु यसबारे बेखरवर भएका छन् ।
रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया परिवनमा स्थानीय दीपक टमट्टाको ह,त्या भएको भन्ने खबर यतिबेला मिडियामा निकै चुलिएको छ । यो घटना एउटा प्रदेशको मात्र नभएर राष्टब्यापी नै बनेको छ । यो घटना त् एउटा उदाहरण मात्र हो । समग्र अछाम जिल्लामा समयमा नै सुचित र मदिरा बेचबिखन र सेवनलाई व्यावस्थापन गराउनका लागि कानुनको दायरा भित्र रहेर नियम सम्बद्ध अभियान थालनी नगर्ने हो भने अझै धेरैका ज्यान जाने निश्चित रहेको छ । गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण हिंसात्मक घटना बढिरहेका छन् ।
अत्यधिक मात्रमा रक्सि सेवन र जथाभाबी घरेलु रक्सि बेच बिखन भएकै कारण यो घटना निम्तिएको हो । अझै भन्ने हो भने राजनीति छाया र नाताबादले गर्दा रामारोशन गाउँपालिका भित्र सो रामारोशन गाउँपालिका बाहिरबाट अत्यधिक घरेलु मदिरा भित्रिने गरेको पाईन्छ भने सोहि रामारोशन गाउँपालिकामा पनि घरेलु मदिराका अखेडा रहेका छन् । स्थानीय तह र सामाजिक रुपमा बसेर रोकथामका लागि निर्णय गरे पनि मदिराको उचित व्यवस्थापन हुन अझै सकेको छैन । प्रहरीले अछामका विभिन्न क्षेत्रमा टोलटोलमा प्रहरी कार्यक्रम पनि जारी राखेता पनि कान कसैले सुनेका छैन ।
विगतमा मदिरा निशेधित क्षेत्रका रुपमा रहेको अछाम जिल्लामा अहिले अवैध घरेलु मदिरा खुलारुपमा बिक्री वितरण गर्ने गरिएको छ । घर देखि बनसम्म लुकिछिपी खुलेआम घरेलु रक्सीका भट्टी खोलिएका छन् । घरेलु मदिराका कारण हुने विभिन्न किसिमका घरेलु हिंसा र जघन्य अपराध रोक्नका लागि सम्बन्धित निकायबाट मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्न आवस्यक देखिएको छ । प्राय जसो अवैध घरेलु मदिरा धेरैजसो अछाम जिल्लाको सान्तडा, विनायक, मंगलसैन,तालि लगायतका क्षेत्रमा पाइने गरेको छ
घरेलु मदिरा न्यूनीकरण भन्दा पनि घरेलु मदिरा संरक्षण गरेर राखेका छन् । राजनीतिक छत्र छायाँ,नाताबादको एउटा कारण हो घरेलु रक्सि गाउँपालिका भित्र भित्रिनु ।जहाँपायो त्यही मदिरा पसल खुल्ने र खाने क्रम बढेको छ । सामाजिक अगुवा,नेता कार्यकर्ता देखि बालबालिका, यूवा, प्रौढ, बृद्ध, मजदुरहरुले पनि खुलेआम मदिरा सेवन गरेको पाईन्छ । रामारोशन गाउँपालिका भित्रका बिना लाईसेन्स,घरेलु मदिरा बेच्ने कार्य जबसम्म बन्द हुदैन तबसम्म यस्ता अप्रिय घटना घटीरहने छन् ।
यसै सन्दर्भमा गत कार्तिक १९ गते राती घरमा रमाइलो गर्ने क्रममा दिपक टमट्टाको ज्यान गएको छ । मदिरा सेवन प्रश्चात आपसी लिनदेनको बारेमा बिबाद हुदा एक आपसमा तछाडमछाड गर्दा चोट पटक लागेर घाईते भएका टमट्टाको उपचारको क्रमामा कोहलपुर मेडिकल कलेजमा मंसिर २ गते निधन बहेको छ । मदिरा सेवन गर्दा सामूहिक रुपमा स्थानिय टोलबासीसंगै बसेर मदिरा सेवन गरेका स्थानीय बासिन्दा र मृतकका आफन्तले बताएका छन् ।
मदिराको नसा चड्दै गर्दा बिबाद उत्पन्न हुदा एक आपसमा कुटपिट गर्दा संगै बसेर मदिरा सेवन गर्ने व्यक्ति मुख दर्शक भएको खुलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा मृत,कका आफन्तले जाहेरी दिएपछि मात्र घ,टना सार्वजनिक भएको हो । आफन्हरुले बिहीबार जिल्ला प्रहरी कार्यालय अछाममा दल बहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी समेत दिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताउनुभएको छ ।
सम्बन्धित निकायले यस घटना माथि निष्पक्ष छान बिन गर्नु पर्छ । मृतकका परिवारले उचित न्याय सहित क्षेतिपूर्ति पाउनु पर्छ । खास कारण पत्ता लगाएर यसका साथै मदिरा ल्याएको ठाउँलाई समेत निगरानीमा राखे त्यस ठाउँ माथि पनि अनुसन्धान हुनुपर्छ । चाँडै मदिरालाई व्यवस्थापन नगरेमा देशै रोगी बन्ने गरिबीको दुश्चक्रमा फस्ने भएकोले सबैले यो कुरालाई ध्यानमा राखी अभियानमा जुटन पनि आवश्यक रहेको छ ।
रामारोसन गाउँपालिकामा जथाभावी भैरहेको मदिरा बेचबिखन र सेवनलाई व्यावस्थापन गराउन रोक्नको लागि खाने र बेच्न समय तोकियोस । अझै भन्ने हो भने पालिका तथा वडा स्तरमा सञ्चालन हुने हरेक सार्वजनिक कार्यक्रममा मदिराको प्रयोग पूर्ण निषेध गर्ने, पालिका क्षेत्रमा सकेसम्म लाईसेन्स खारेज गरिनु पर्छ र पालिका भित्र घरेलु मदिरा सेवन र बिक्री बितरणमा पूर्ण रुपमा बन्द गर्नु पर्छ ।