surkhet

नेकपा सचिवालय बैठक सकीयलगतै अध्यक्षदोयको प्रस्तावमा छलफल सुरु ,

surkhet

मङ्सिर १६ ,काठमान्डौ – आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सचिवालयको बैठक सकियको छ। वालुवाटारमा १ बजे दिउँसोबाट बसेको बैठक ४ बजे सम्पन्न भएको थियो।

बैठक सकीए लगतै अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

Dailekh
Gorkha

मंगलबारको सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल सुरु भएको हो । आजको बैठकमा अध्यक्ष दोयले आ आफ्नो प्रतिवेदनको धारणा राखेका छन्। बैठकमा सचिवालयका अन्य सदस्यले समेत आ आफ्नो धरान राखेपछि छलफल सुरु भएको छ।

बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेगरी सम्पन्न भएको पार्टीका प्रवक्ता नारायाणकाजि श्रेष्ठले बताए ।

सचिवालय बैठक बुधबारका लागि तय भएपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित हुने देखिन्छ । यो विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले पूर्वनिर्धारित सबै बैठक सञ्चालन हुने बताएका छन् ।

salyan