भारतीय मोटरसाईकलमा नेपाली रास्ट्रिय झण्डा ,राज संथाको माग ,
मङ्सिर २३ ,काठमान्डौ – भारतीय मोटरसाईकलमा नेपाली रास्ट्रिय झण्डा बोकेरा राजा आऊ देश बचाउका नारा लगाउदै प्रदर्शन गरेको पाईएको छ।
रास्ट्रिय नागरिक जनआन्दोलनको नाम दिएर राजसंस्था सहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देश व्यापी रूपमा शृङ्खला बद्ध सडक संघर्षका कार्यक्रम थालिएका छन्।
तर प्रदर्शनमा अधिकांस रुपमा भारतीय मोटरसाईकलमा नेपाली झण्डा राखेर र्याली निकालीएको भेटिएको छ। जसमा नेपाल सरकारले कुनैपनि प्रतिक्रिया समेत नदिएको पाईन्छ।
संघिय गणतन्त्र खारेजीको माग गर्दै उनीहरुले १० वर्षे जनआन्दोलनमा समेत धावा बोल्दापनि सरकार गुमनाम बस्दा नेपालमा कसको चलखेल हो भन्ने प्रस्ट थाहा हुन आउछ।
राष्ट्रिय झण्डा र पूर्वराजा रानी ज्ञानेन्द्र कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर भारतीयले आम प्रदर्शन गरेका छन्। अहिले यो प्रदर्शन हेरेर आम नेपालि नागरिक निरास छन् भने राजनीतिकदल, ईतिहासविद सम्पुर्ण संघ संस्थाहरुले तत्काल यो प्रदर्शन रोक्न सरकारलाई जानकारी दिएका हुन्।
उता रास्ट्रिय प्रजातन्त्रका अधय्क्ष कमल थापाले राजतन्त्रको नाम भईरहेको प्रदर्शनमा आफुहरुको समर्थन भएको बताउछन।
यता भने वर्तमान सरकार हाकी रहेको दुई तिहाईको सरकारको आन्तरिक विवादले देश अपाङ्ग समेत बनेको देखिन्छ। नेपालका प्रतेक जिल्लामा रान्संथाको माग गर्दै भएको आन्दोलनमा भारतीय मोटरसाईकल प्रयोग भएका छन्।