प्रधानमन्त्रीविरुद्द देशभर प्रदर्शन ३ बजे माईतिघरमा हुने ,

पुष ५ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द आज ठिक ३ बजे माईतिघर मण्डलामा प्रदर्शन हुने भएको छ।

असंवैधानिक अलोकतान्त्रिक र निरंकुश संसद विघटनको ‘ कु ‘ का विरुद्ध आज दिउँसो ठिक ३ वजे माइतीघर मण्डलामा विभिन्न जनवर्गीय संगठनहरुको विशाल प्रदर्शन गर्ने भएको हो । तेस्तै आज बिहानदेखि केपी ओली विरुद्द पोखरामा प्रदर्शन भईरहेको छ।
ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। संसद विघटनको माग गर्दै केपी ओली रास्ट्रपतिसामु शितल निवास पुगेका छन्।
