ओली समुहका नेकपा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि आउट अष्टलक्ष्मी ईन ,

पुष १५ ,काठमान्डौ – नेकपा प्रचण्ड माधव पक्षको वाग्मती प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेल प्रधानमन्त्री केपी शर्मा ओली समुहका हुन् ,नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

नेकपामा खटपटपछि प्रचण्ड नेपाल समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । यो अगाडी शाक्य तत्कालिन एमालेको संसदीय दलको निर्वाचनमा १० मतले पराजयी भएकि थिइन्।

अहिले माओवादी एकिकरणपछि प्रचण्ड नेपाल समुहको बहुमत छ ,बहुमतले शाक्यलाई संसदीय दलमा चयन गरेको हो।
