आज थप ५३४ जना कोरोना संक्रमित थपिए ४४७ जना डिस्चार्ज ,

पुष १६ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट थप ५३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा ६ हजार पिसिआर परिक्षण गर्दा उक्त संख्या देखिएपछि अब नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ जना पुगेको छ। त्यस्तै गत २४ घन्टामा ४४७ जना डिस्चार्ज भएपछि हाल निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ जना पुगेको हो।
,गत पछिल्लो २४ घन्टामा कोरोनाबाट ९ जनाको निधन भएको छ अब कोरोनाबाट निधन हुनेको कुल संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको हो।
