surkhet

खड्गप्रसादको कस्मेटिक रास्ट्रवादको खोल र भ्रमको राजनीति,

surkhet

माघ १ ,काठमान्डौ – देशभरी पुस ब्याप्त भएको छ।पुस ५ गतेदेखि देश नयाँ मोडमा अडिएको छ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननिय प्रधानमन्त्री खडगप्रसाद ओलि उर्फ केपि ओलि ले २०७७ पौष ५ गते आफ्नै पार्टी भित्रको किचलो लाई मिलाउन नसकेर आउन लागेको अविश्वासको प्रस्तावलाई सामना गर्न नसकी कायरतापुर्वक गणतन्त्रको जगमा बनेको संविधानमाथी खडक प्रहार गर्नुभएको छ।

खडक प्रहार भन्नुको मतलब लोकतन्त्रको मर्म अनुरुप बनेको जनताको सम्मानित सदन संसद विघटन गर्नुभएको छ।ताजा जनादेश को हबला दिदै २०७८ बैशाख १७ र २७ गते लाई कथित मध्यावधि चुनावको मिति रास्ट्रपति ले तोक्नुभएको छ।पौष महिनाभरी देशमा राजनीतिक सरगर्मी ह्वात्तै बडेको छ।

खडगप्रसाद ले सनकको भरमा दनक दिएका छन।हिजो ३५/३६ सालतिर पन्चायत र बहुदल को बिचमा भएको रस्साकस्सी जस्तै अहिले खडगप्रसाद समूह र अन्य राजनीतिक पार्टीहरु बिचमा भैराखेको छ।देश खडगप्रसाद को असंबैधानिक ,अलोकतान्त्रिक कदम को विरुद्धमा एक भएर सडक तताइरहेको छ भने खडगप्रसाद समूह त्यसको विरुद्धमा मण्डलले प्रवृत्तिबाट खडगको कदमको बचाउ गरिरहेको छ।

Dailekh

खडगप्रसाद कम्युनिष्ट पार्टीको नेता हुन तर उनले कम्युनिष्ट पार्टी को सामान्य गुण पनि कहिल्यै देखाउने हिम्मत गरेनन।तर आफू असली कम्युनिष्ट भएको र रास्ट्रवादी भएको भ्रम छर्नमा माहिर र चतुर छन खडगप्रसाद।

उनको त्यो कस्मेटिक रास्ट्रवादको असली रुप सामान्य मान्छेले बुझ्न सक्दैनन् उनका समुहमा भएका सदस्यहरुले झनै बुझ्ने कुरै भएन किनभने खडगप्रसाद लाई बा भनेर कुदिरहेका छन् ।खडगप्रसाद ले गरेको आची खान पनि पछि नपर्ने नपुंसकका मतियारहरु अहिले भजनमंडली गर्नमै लिप्त छन।

के हो रास्ट्रघात , के हो प्रतिगमन उनिहरु लाई बालमतलब छैन ।जुवातास ,अनैतिक क्रियाकलाप ,भ्रष्टाचार गर्नेहरु नै देखिन्छन् तल देखि माथी सम्म खडगप्रसाद समुहमा ।अपबाद को रूपमा एकाद ब्यक्तिमा राजनीतिक अब्बलता होला तर धेरैजसो चाकरी र चाप्लुसी गरेकै भरमा नेता भएका अराजक ब्यक्तिहरु मात्रै छन।उनिहरु को लेखन शैली तर्क गर्ने शैली हेर्दा उनिहरुको दयनीय अवस्थाको असली स्वरुप उदाङ्ग हुन्छ।

जस्तो खडप्रसाद को नभएको कुरा लाई पनि भएको र भएको कुरालाई नि नभएको भनेर तथ्यहिन तरिकाले आत्मसन्तुष्टि लिनको लागि आफैले जित्ने प्रवृत्ति छ त्यो स्कुलीङ तल्लो तहका नेताकार्यकर्तामा पनि छ।तथ्य र तर्कका आधारमा होईन भावनामा बहकिएर र आवेश मा बोल्ने र लेख्ने अनि जनतालाई भ्रममा पारिरहने ,गुमराह मा राखिरहने प्रवृत्ति खडग ओलि समुहमा हावी भएको छ।

यसो हेर्दा खडग ओलि लगायत उनको समुहका मान्छेहरु राजनीतिक जोक्कर जस्ता देखिन्छ ।बैचारिक ,राजनैतिक धरातल जिरो तर आफू नै जान्ने आफू नै सुन्ने सर्वैसर्वा हु भन्ने खोक्रो दम्म ओलि समहका सदस्यहरुमा देखिन्छ।

खडग ओलि समुहमा लागेका हिजोको माओवादी केन्द्रका नेताहरूको प्रवृत्ति पनि ओलि कम्पनीका मान्छेहरुका भन्दा फरक छैन। किनभने उनीहरु मन्त्री पद संग साटिएका छन् ।हाम्रै कर्णाली प्रदेशका दुई जना प्रदेश सांसद ओलि कित्तामा लाग्नुको कारण प्रदेश मन्त्री खान पाइन्छ भन्ने थियो र उता लागेका थिए तर उनिहरुको सपना तुहिएको छ।

खडगप्रसादको कस्मेटिक रास्ट्रवादको मुकुन्डाे भारतीय जि न्यु ले उदाङ्ग पारिदिएको छ। अस्ति मात्रै खडगप्रसाद ले निर्धक्कका साथ उसैलाई अन्तर्वार्ता दिए कस्मेटिक रास्ट्रवादको शैली मा तर उसैले आज सगरमाथामा भारतले दावी गर्छ नाम नै भारतीय हुनुपर्छ भनेर दावी गर्दैछ।

हो यसैलाई भन्छन् कस्मेटिक रास्ट्रवादको असली रुप।प्रधानमन्त्री खडग ओलि नै रास्ट्रवाद र रास्ट्रवाद नै खडग ओलि जसरि उनैका सदस्यहरुले फलाक्दै हिड्ने काम गरे र अहिले पनि गरिरहेका छन् ।अहिले खडग ओलिको रास्ट्रवादको पारो ह्वात्तै घटेको छ।खडग ओलिको पछिल्ला हर्कतहरुले उनलाई रास्ट्रघाती हुन भन्ने कुरा पुष्ठि गरिरहेको छ।

खडगप्रसादले गणतन्त्रलाई स्वीकार गरेका मात्रै हुन भन्ने प्रमाण उनका पछिल्ला गतिविधिले देखाउछ।हुन पनि कुनै पनि अधिनायकवाद र तानाशाहको लागि लोकतन्त्र पहिलो निसाना हुन्छ।लोकतान्त्रिक प्रणालीका मुलभुत मुल्य र मान्यता अधिनायकवादी राजनीतिक दर्शनका लागि अवरोध हुने गर्दछन।

Gorkha

त्यसैले हिजो अर्थात ३० वर्शे पन्चायतले पनि लोकतन्त्रका आधारभुत मुल्य र मान्यतामाथी प्रतिबन्ध लगाएर निरंकुशता लादेको थियो कथित रास्ट्रवादको नाममा ।कस्मेटिक सामान ले शृङ्गारित कुनै मानिसको वास्तविकता धेरै दिन ढाकछोप गर्न सकिदैन र कामचलाउ सरकारका प्रधानमन्त्री खडगप्रसाद र उनको नक्कली रास्ट्रवाद पछिल्ला समयमा एकपछी अर्को खुइलिदै जादा बादसाहको नयाँ कपडा साबित हुँदै छ।

इतिहासमा कहिल्यै पराधिनताको अनुभव नगरेका नेपालीका निम्ति वर्तमान खडग सरकार कारण नेपालीको स्वाभिमान माथि आच पुर्याएको छ नक्कली रास्ट्रवादको ढवाङ्ग फुकेर ।कथित नपुंसक दलालका मतियारहरुले कहिलेसम्म कस्मेटिक रास्ट्रवादलाई काध थापिरहने हुन , प्रतीक्षाकै विषय भएको छ।

मानिसलाई एकपटक मूर्ख बनाउन सकिन्छ तर धेरै पटक सकिदैन ।खडग प्रसाद ले धेरै पटक नेपाली जनतालाई मूर्ख बनाउने प्रयत्न गरे।ओलिले कम्युनिष्ट आन्दोलन नै क्षतविक्षत पार्छ भनेरै उनिमाथी लगाम लगाउन उनकै समकक्षी प्रचण्डले अध्यक्ष या प्रधानमन्त्री मध्ये एउटा पद छाडन ओलिलाई दवाब दिन बाध्य भए।

त्यसको जवाफमा ओलिले अध्यक्ष छाडनुपरे महाधिवेशनपछि छाडछु र प्रधानमन्त्री छाडनुपरे आगामी निर्वाचनपछि छाडछु भन्नेजस्ता धम्किको भासा बोले।ओलिको यो धम्किपछी प्रचण्ड थप तनावमा परे।किनभने पार्टी एकता गर्दा एकता महाधिवेशनबाट प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति ओलिले गरेका थिए।

तर जब प्रचण्डले २०७६ मंसिर ४ गते आधाआधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति सच्याए ,त्यसपछि प्रचण्ड लाई अध्यक्ष नबनाउन ओलिले जबज लाई मान्नेहरु एक ठाउमा उभिनुपर्ने अर्को बखेडा झिके।त्यसपछि प्रचण्ड र ओलिको सम्बन्ध चिसिन थाल्यो।यसबिचमा थुप्रै बैठक भए ,छलफल ,सहमति भए।

दुई अध्यक्षको विचमा जिम्मेवारीको बाडफाड पनि भयो।तर खडगप्रसाद ले मन्त्रीपरिषदको हेरफेर र राजदुत नियुक्तिमा फेरि पनि एकलौटी निर्णय गरे।जिम्मेवारी बाडफाडमा पार्टीलाई विधि ,पद्धतिसम्मत ढंगले संचालन गर्ने भनिएको थियो।तर खडगप्रसादमा मै पार्टी मै सरकार भन्ने दम्भ पलायो।

पार्टीको लगाम उनलाई मन परेन र असनको साढे जस्तै उन्मत्त भएर खडगप्रसादले जनताको सम्मानित सदन संसद भङ्ग गर्ने अपराध गरे।खडगप्रसादको यो अपराध नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा अक्षम्य अपराधका रूपमा लेखिनेछ।यदि खडगप्रसाद ले आफुलाइ सच्याएको भए उनले हागामा बसेर रुख काट्नुपर्ने दुर्भाग्य आउने थिएन।

उनले आफ्नै दलभित्र विश्वासको मत जित्न सकेनन र कायरतापुर्वक संसदको घाटि निमोठ्ने काम गरे।खडगप्रसाद ले संसद विघटन पुर्व विदेशी शक्तिहरु संग गरेको रहस्यमय भेटघाटलाई हेर्दा विघटनको शृङ्खला वैशाख १७ र २७ गते गर्ने भनिएको कथित मध्यावधि चुनाबसङ मात्रै जोडीएको छैन ।यो त नौटङगि मात्रै हो।

खडगप्रसादले अहिलेको संविधानलाई उल्टाएर प्रतिगामी शक्तिहरु लाई सत्ता सुम्पने षड्यन्त्र यो संसद विघटन भित्र लुकेको छ।त्यसैले ७० वर्ष देखि जनताको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन आम नेपाली जनताले फेरि एकपटक बलिदानी दिनुपर्ने बेला आएको छ।इतिहासमा अहिलेसम्म जनता हारेको इतिहास छैन ।जनता नै इतिहासको अजय शक्ति हो।

जनताले नै इतिहास बनाउने हो।अहिलेसम्म जति पनि शासक ढलेका छन ती शासकहरु यस्तै निरंकुश तानाशाही भएर ढलेका छन।खडगप्रसाद लाई इतिहासले सच्चिने समय अझै पनि दिएको छ।त्यससमयसम्म पनि खडगले आफ्नो अपराध सच्याएनन भने उनलाइ इतिहासले पनि माफी दिने छैन।

खडगप्रसाद आफैलाइ ,आफ्नै पार्टीलाई पनि विश्वास गर्न सकिरहेका छैनन् , जनतालाई त झन जोक्कर सम्झन्छन् विश्वास गर्न छोडेको उहिल्यै हो।निर्वाचनमा साम, दाम, दण्ड ,भेदको अस्त्र प्रयोग गर्दा यदाकदा शाब्दिक रूपमा जनता शब्दको उच्चारण हुनु खडगको लागि केवल बाध्यता मात्र थियो।यतिबेला खडग ओलि फासिवादी त्यान्द्रोमा रमाइरहेका छन।

क्रान्ति भनेको राजनीति ,आर्थिक ,सामाजिक र सास्कृतिक परिवर्तनलाई सस्थागत गर्ने कार्य हो।यो निरन्तर अग्रगामी चरित्रयुक्त हुन्छ तर नेपालमा यस्तो भएन।परिमाणत:हरेक क्रान्तिपछि प्रतिक्रान्ती नै हावी बन्यो।प्रतिगामीहरुले कहिल्यै पनि क्रान्तिकारी परिवर्तनको जग हाल्दैनन।हामीले उनिहरुबाट त्यस्तो अपेक्षा पनि गर्नु हुँदैन ।खडग सरकार दलालको पनि महादलाल र कठपुतलीको महाकठपुतली साबित बन्दै गएको छ।

ओलिका हरेक कदम जनविरोधी र रास्ट्रघाती छन भन्न्ने कुराको प्रमाण हिजो अर्थात पौष २९ गते बुधबार सडकधारी नेकपाका अन्तरास्ट्रिय बिभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र वास्तोला कमरेड कंचन को राजनीतिक आस्था कै आधारमा गिरफ्तार गर्नुले पुष्टि गरिदिएको छ।जनताको नैसर्गिक हकअधिकारको विपक्षमा स्वयम् सरकार नै उभिएपछी यसबाट देश र जनताले अरु के नै आस गर्न सक्लान र?
किशोर सुवेदी ,
प्रेश संगठन कर्णाली प्रदेश सदस्य ,

salyan