माघ ९ गते रातो बाघ आउदैछ प्रचण्ड ,

माघ ६ ,काठमान्डौ – माघ ९ गते सिंह जस्तै गर्जिने रातो बाघ बनेर प्रस्तुत हुने नेकपाका ध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। प्रतिगमनकारीका विरुद्दहुने माघ ९ को प्रदर्शन हिंसात्मक हुने उनले बताए।

प्रतिक्रान्तिकारीका मुटु हल्लिने गरी आन्दोलन गर्नुहोस ,सिंह जस्तो गर्जिनुहोस तेस्को अग्रपंतिमा म उभिने छ ,देशमा ठुलो षड्यन्त्र हुँदै छ तेस्लाई रोक्न हामीले अर्गनाइक आन्दोलन हैन रातो बाघ गर्जेको जस्तो आन्दोलन गर्नुपर्ने छ दाहालले भने।

तेस्तै प्रचण्डले किन किन हो यस पटक मेरो टाउको चीलाएको छ ,साच्चिकै यो पटक लाठ्ठी खान मन छ समेतको प्रज्ञा भवको भेलालाई सम्बोधन गर्दै बताएका हुन्।

केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले देशभरमा आन्दोलन भईरहेको छ। माघ ९ गते काठमान्डौमा प्रचण्ड – माधव नेपालपक्षले आम प्रदर्शन गर्न लागेको हो।