भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा तिनजनाको मृतु .

जेठ ९,भक्तपुर- काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा ३ख ६६७४ नम्बरको टिपरले बा ५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताएक छन् ।

मृत्यु हुनेमा दोलखा मेलुङ-६ घर भई हाल मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।

तीनैजनाको शव भक्तपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको छ ।

टिपरका चालक भने फरार छन् ,उनको खोजि भैरहेको प्रहरीले जनायको छ।