Gold

रास्ट्रकवि माधव प्रसाद घिमिरेलाई थप उपचारको लागि भारत लगिदै ,,

Naumule Migrate

जेठ ९- रास्ट्रकवि माधव प्रसाद घिमिरे लाई थप उपचारको लागि भारत लगिदै छ। , उनि लामो समय देखि मुटु ,फोक्सो ,र मृगौलाको रोगले पिडित छन्।  बेला बेलामा उनलाई अस्पताल भर्ना गरिरहन पर्छ।

घिमिरेलाई एक हप्ताबाट धापासीको ग्रांडी अस्पतालमा भर्ना गरियको थियो।  अस्पतालमा चिकित्सकको सल्हा अनुसार उनमा आन्तरिक रक्तस्राव हुने गरेको र लामो समयबाट रक्तस्राव नरोकियको जानारी छ ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए।

उनको उपचारमा संलग्न चिकित्सक डा. विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए।

नेपालमा तेस्तो मेसिन नभयकोले कहानिरबाट रक्तस्राव भयको पत्ता लगाउन सकियन शर्माले भने।

उनलाई आज साँझा ५ बजे भारतलैजाने तयारि छ। छोरी उषा अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा. शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उनलाई भारत लैजाने तयारी गरिएको बताइन्।

केहिदिन अगाडी प्रधानमन्त्री ओलीले घिमिरेको स्वास्थ्य जाँच गर्न अस्पताल पुगेका थिय ।, ओलीले भनेका थिय तपाई अझै धेरै बाँच्नु पर्छ हामि तपईलाई उपचार गर्छौ।

Naumule Badhipahiro