Simta
Simta
lekbesi

सल्लिमान र मल्लिकाको सोलुको यात्रा ,,

Gurvakot

जेठ १० – म्यूजिकल भ्लग’को छायांकन गर्न सल्लिमान र मल्लिकाको टिम सोलु तिर लागेको छ ।

यो चलचित्रको केही दृश्यको छायांकन केहि दिन अगाडि नै गरिएको थियो । तर, आजबाट नियमित छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।

चलचित्रको शिर्ष गीतको छायांकन गर्दै यसको यूनिट सोलुतर्फ लागेको छ । काठमाण्डौबाटै सुरु भएको गीतको अन्तिम छयांकन सोलुमा गयर सकिने छ ।

lekbesi

यो गीतमा प्रतिक पौडेलको शब्द र संगीत छ भने धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यको साथमा प्रतिककै स्वर छ ।

सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा चलचित्र खिचिनेछ । यो छयांकन करिब ३ हप्ता सम्म सोलुमा हुनेछ ।

चलचित्रमा सलिनमान बनियाँ , सलोन बस्नेत , जान्वी बस्नेत , जयनन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय छ ।

मल्लिका महतको यो पहिलो पटक चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । यो चलचित्रलाई जर्नी लभ स्टोरी कथामा निर्माण गर्ने निर्माता केशव भट्टराइले बताए । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् ।

यो चलचित्रलाई सुशिल पोखरेल, मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्मान गरेका छन् ।

Simta