एमाले ओली समूहले भन्यो अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिनु ,
फागुन २८ ,काठमान्डौ – नेकपा एमाले ओली समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन आग्रह गरेको छ । नेकपा एमालेका सांसदसमेत सहभागी भई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
प्रधानमन्त्री निवासमा शुक्रबार बसेको केन्द्रीय समितिको विशेष बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णयअनुरुप चल्न र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।
तेस्तै शुक्रबार बसेको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय भन्दै विज्ञप्तिमा पार्टी निर्णय अनुरुप चल्न सांसदहरुलाई आग्रह समेत गरेको छ ।