surkhet

बुद्ध एयरको विमान काठमान्डौमा पाङ्ग्रा भने जनकपुरमा

surkhet

काठमान्डौ – जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमानमा एक पाङ्ग्रानै नभएको पाईएको छ।

आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

Gorkha

उनले भने “एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ । जहाजको इन्डिकेटरले पांग्रा खसेको जानकारी नदिएको चालक दलका सदस्यले बताएका छन्।

Dailekh

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले  जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको  बताए ।

जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उनले भने । सो विषयमा नागरिक उड्यन प्राधिकरणले छानविन गर्ने तयारी गरेको छ । फागुन २२

 

salyan