जाजरकोटमा नुनखानी र फलाम खानि ,,
जेठ १४ -जाजरकोट , जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नं २ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको भएको अनुमान गरिएको छ ।
यो खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको हो । जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एन्ड टे«निङ सेन्टर काठमाडांैमा परीक्षण गर्दा यस्तो तथ्य फेला परेको जानकारी दिए ।
खोलाको एक लिटर पानी लिएर ल्याव टेस्ट गराउँदा पानीमा ९० प्रतिशत नुनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याव टेस्ट गर्दा राम्रो नतिजा बताए । उनले भने, ‘केही दिनमै नुन खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नुनखानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए उनले भने ।’
जाजरकोटमा नुनखानि मात्र नभयर फलाम खानि पनि रहेको छ , यसको अध्यन गर्न प्रदेश सरकार लगायात स्थानीय सरकारले पनि खानि तथा भूगर्भ बिभागलाई खबर गरेको छ ,
उचित परिक्षन र रिसर्च नहुँदा नेपालका थुप्रै तेस्ता खानि हरुको पत्ता लाग्न सकेको छैन ,