Gold

श्रीमतीलाई दलित भन्दै गोबर खुवाए श्रीमान्लाई मारेरै छोडे ,

Naumule Migrate

,काठमान्डौ – दलित भन्दै दुर्व्यवहार गरेर कुटपिट गर्दा झापामा एक जना दलितको मृत्यु भएको छ। गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

स्थानीय मोहन घिमिरेले कुटपिट गर्दा आर्थिक रूपमा विपन्न बलबहादुरको ज्यान गएको छिमिकेले बताए। घिमिरेको परिवारले विगतदेखिने आफ्नो बुबालाई जातिय अपहेलना गर्ने गरेको छोरी कञ्चनले बताईन। हामि आर्थिक रुपलेपनि विपन्न छौ ,सधै हेलामा बस्नु पर्थ्यो हमीलाई सामाजिक रुप्लेनै बहिस्कृत गरिएको थियो।

गएको सोमाबर हाम्रो बाबा सुतिरहनु भएको थियो ,घिमिरेले आएर दलित भन्दै गालि गलौज गरेर कुट्न खोजे हामीले सम्झाएर पाठाऔ ,पछि बाबाले आफुलाई कियन के कारणले यसरि हेप्नु हुन्छ सधै भनेर कुरा बुझ्न खोज्दा बुवालाई कुटपिट गरे।

घिमिरेको परिवारले ‘दुई वर्षअघि मृतक बलबहादुरकि पत्नी मुनालाई जातिय गालि गलौज गरि बाँधेर गोबर खुवाएका थिए । अहिले मेरो बुढालाई मारे म आँखा देख्दिन दृष्टिविहीन छु अब मलाई झनै पिडा भो मा के गरु मुनाले रंग दर्पणसंग भनिन।

छिमेका अनुसारपनि घिमिरेको परिवाले विगतदेखिने गालि गलौज गर्ने झम्टने ,कुटपिट गर्ने गरेको खुलेको छ  । गाँउभरिमानै बलबहादुर गरिब छन् ,उनि दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्छन ,उनको घर पनि सानो झुप्रो छ।

सधै यी कामिका सन्तानलाई नमारी छोडदिन भन्थे अहिले मारेरै छोडे स्थानीय कविता विश्वकर्माले भनिन। बल बहादुरको शव अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा छ । घटना बाहिरिएपछि प्रहरीले मुहानलाई पक्राउ गरेको छ। पोस्टमापन रिपोर्ट आएपछि कारबाही अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।तस्विर नयाँ पत्रिका ,,

Naumule Badhipahiro