surkhet

केहिदिन भित्र प्रतिगमनको सरकार ढलेर नयाँ सरकार आउछ प्रचण्ड ,

surkhet

चैत २८ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा प्रतिगमनकारि केपी ओलीको सरकार ढल्ने र नयाँ सरकार बन्ने बताएका छन्।

शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कुनै आन्दोलन नगर्ने र जनतालाई दुख नदिएर नै कालो बादललाई हटाउन लागेको बताएका हुन् ।

केपी ओलीले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गगरेका छन्, परिस्थिति असहज भएको र संविधान नै धरापमा पर्ने स्थिति आएकाले सजग हुनुपर्नेमा पनि दाहालले जोड दिए ।

Dailekh
Gorkha

संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाएको थियो। संसद सचिवालयमा दर्ता गरिएको थियो। यो वैधानिक थियो,’ दाहालले भने, ‘तर, सरकारले सेटिङमार्फत आधिकारिकलाई खारेज गरिदियो।

जे अवैधानिक र छलछाम छ त्यसलाई कायम गरिदियो।हटाइसकेको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई फेरि कायम राखिएको प्रचण्डले बताए।

कर्मचारीलाई आतंकमा बाँच्न बाध्य पारिएको छ ,सबै राज्यका अंगलाई सन्त्रासमा राखेर जबस्जस्ती कब्जा जमाउने षड्यन्त्र गरिएको छ। नयाँ सरकार बनेपछि महँगी घटाई कर्मचारीलाई साथ र सहयोग गर्ने पनि दाहालले प्रतिबद्धता गरे ।

 

salyan