पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाहीको माग

असार २० ,काठमाडौं- पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाहीको माग गरिएको छ। फोटो पत्रकार क्लब नेपालले फोटो पत्रकार निमेषजङ राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गरेको हो।
शनिबार काठमाडौंको मिनभवनमा भएको प्रदर्शनको फोटो खिँच्न पुगेका पत्रकार राईलाई प्रहरीले लाठी प्रहर गरेको थियो। लाठ्ठी प्रहर गर्ने प्रहरीमाथि छानबिन सहित कारबाही गर्न क्लबले माग गरेको हो।

प्रहरीको लाठी लागेर राईको घुँडामा चोट लागेको छ। विपक्षी दलसँग आवद्ध विद्यार्थी संगठनले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा राईमाथि प्रहरीले लाठी हानेको थियो ।

शान्तिपूर्ण विरोध गर्न पाउनु र नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै क्लबका प्रवक्ता दिपेश श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका हुन्। ‘
विज्ञप्तिमा भनिएको छ,संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै चौथो अंगको रुपमा मानिएको संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र संचारकर्मी माथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई फोटोपत्रकार क्लब, नेपाल आग्रह गर्दछ’,।
