भेन्टिलेटरमा पुगेको संसद् जोगियो :नेपाल
काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भेन्टिलेटरमा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलालाई स्वागत योग्य गरेका छन् ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताए ।
नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले दुई दुईपटक संसद् विघटन गर्ने सायद कतै छैन उनले भने। सोमबार सर्वोच्चले गरेको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको पनि नेता नेपालले बताए ।
सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ।