surkhet

राष्ट्रपतिको अनौठो व्यवहार प्रधानमन्त्रीलाई बधाई समेत नदिएर मञ्चबाट बाहिरीईन

surkhet

असार ३०,काठमाडौं – प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख नगरेपछि अनेकौ टीकाटिप्पणी भए र चर्को आलोचना समेत गरियो ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भन्दै विज्ञयप्ती निकालेपछि देउवालाई सपथ नलिन कानुनविदहरुले सल्हा दिए।

Dailekh
Gorkha

शितलनिवासले देउवालाई ६ बजे सपथको लागि बोलाएको थियो तर देउवाले विज्ञयप्ती नसच्चीएसम्म नजाने अडान लिए ।करिब २ घन्टापछि विज्ञयप्ती सच्चाएर देउवाले ८:२५ मा संविधानको धारा (७६) बमोजिम सपथ ग्रहण गरे ।

शपथपछि पनि राष्ट्रपति भण्डारीले अनौठो स्वभाव प्रदर्शन गरिन् । प्रधानमन्त्री र मन्त्रीहरूको शपथलगत्तै प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति भण्डारी मञ्चबाट बाहिरिएकी थिइन् ।

शपथपछि प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिनु राष्ट्रपतिको आधारभूत र औपचारिक दायित्व पनि हो । तर न्यूनतम औपचारिक शिष्टता पनि पूरा नगरी राष्ट्रपति समारोहबाट बाहिरिइन् ।

जसले गर्दा राष्ट्रपति र प्रधानमन्त्रीको सुरुको दिनमानै खट्पट देखीएको छ ।यो राम्रो संकेत नभएको जानकारहरु बताउछन ।

salyan