surkhet

म माधव नेपाल हुँ

surkhet

काठमान्डौ – म माधव नेपाल हुँ

म माधव नेपाल हुँ !

म तराईको रौतहट हुँ
युगले बिर्सेको समथर अन्याय हुँ !

Dailekh

मैले एक्लै धेरै पटक पहाडको दुख टेकेको छु
देखेको छु गोल – भुगोलको असमान्ता !

मैले हिमालको उचाईमा गरेको छु –
जनवादि सम्मेलन !

हेर्नुहोला –
कम्युनिस्ट घोषणा पत्रमा
मैले नडराई हस्ताक्षर गरेको छु !

हेर्नुहोला –
मैले गलत विचारको विपक्षमा सहि विचार प्रस्तुत गरेको छु ।

कहिले काला मान्छेहरुको अनुहार कोपर्ने सेता मान्छेहरुलाई
ऐना देखाएको छु ।

कहिले पुड्का मान्छेहरुलाई होच्याउने मान्छेहरुलाई
खाल्डो देखाएको छु ।

कहिले भएर प्रधानमन्त्री सिंहासन चढेको छु
कहिले अपमानित भएर निरन्तर झरेको छु ।

कहिले उत्तर –
कहिले दक्षिणको व्यूह परिक्रमा गरेको छु !

Gorkha

कहिले जोडिएको छु
कहिले टुक्रिएको छु ।

इतिहासको कठघरामा उभिएर भन्छु –
म छिन्नविन्न छु
यद्यपि अविछिन्न छु !

म कहिले केन्द्रिय समिति
कहिले समुह बैठक हुँ
कहिले पूर्ण पार्टी हुँ !

मेरो नाम बदनाम नहोस् भनेर होइन
मेरो देश गुमनाम नहोस् भनेर
यसपालि सत्यको पक्षमा मतदान गरेको छु !

म माधव नेपाल हुँ –
निसन्देह – म नेपाल हुँ !

विधि / पद्धति र / प्रकृयाहरुलाई सोध्नु –
म को हुँ ?

लोकतन्त्र – सम्विधानवाद र / परिवर्तनलाई सोध्नु –
म को हुँ ?

आउने समयलाई सोध्नु –
म को हुँ ?

प्रिय केपि कमरेड –
प्रिय मदन कमरेड –
म / किमार्थ विभिषण होइन !

म त कालकूट विष निलेर उत्तानो परिरहेको नीलकण्ठ हुँ –
म माधव नेपाल हुँ !

साभार सुवाश बस्नेत

salyan