देउवाले पत्नी आरजुका शैक्षिक साझेदारी श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गरेपछी गठबन्धन र पार्टीमा विवाद

साउन ११, काठमान्डौ – गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले गठबन्धन र पार्टीमा आन्तरिक छलफलनै नगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्ति गरेपछी विवाद बढेको छ ।

यो भन्दा पहिले काङ्ग्रेस नेता गगन थापाको नाम स्वास्थ्य मन्त्रीमा सिफारिस हुनसक्ने चर्चा चलेको थियो ।

तर देउवाले एका एका आफू र आफ्नै पत्नी आरजु देउवाका व्यावसायिक साझेदारी श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछी गठबन्धन र पार्टीमा विवाद बढेको हो ।

श्रेष्ठ कुनै राजनीतिक व्याक्ती नभै व्यवसायिक व्याक्ती हुन । उनले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा लगानी बढाउने गरेका थिए ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल, चितवनमा निर्माणाधिन न्युटन क्यान्सर अस्पताललगायतमा श्रेष्ठको लगानी छ ।

शिक्षा, हाइड्रो, रियल स्टेट, होटल व्यवसायलगायतमा पनि श्रेष्ठको अर्बौ लगानी छ । लगानी गरेका श्रेत्रमा अधिकांश सेयर भने उनले अरुकै नाममा राख्ने गरेको पाईएको छ ।

प्रधानमन्त्री पत्नी आरजुसंग पनि श्रेष्ठको शैक्षिक क्षेत्रमा व्यवसायीक साझेदारी छ । कोरोना महामारीका बेला नतिजा आउने काम गर्ने मान्छेलाई जिम्मेवारी दिनुको साटो स्वास्थ्यमै करोडौं लगानी गरेका व्यवसायीलाई स्वार्थ बाझिने गरी मन्त्री बनाएको भन्दै पार्टीभित्र र सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको छ ।