गुराँस गाउँपालिका वडा नम्बर ८ को झ्याजेमा तरकारी उत्पादनले भनेअनुसारको मुल्य नपाउदा कृषकहरु निरास
सुर्खेत ,२ असार
दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ को झ्याजेमा तरकारी उत्पादनले भनेअनुसारको मुल्य नपाउदा कृषकहरु निरास बनेका छन् ।
अन्य बाली भन्दा आलु, काउली, बन्दा लगायतका तरकारी उत्पादन गर्ने त्यहाका किसानहरुले आफुहरुले तरकारीले मुल्य नपाउँदा आम्दानी भनेअनुसारको नभएको गुनासो गरेका छन् ।
उत्पादित तरकारी डोकोमा बोकेर त्यहाका किसानहरु एक घण्टा उकालोमा चड्नुपर्ने हुन्छ ।
गर्चादेखि पश्चिम र बजारदेखि एक घण्टाको दुरीमा रहेको झ्याजे गाउँमा तरकारी खेतीका लागि उपयुक्त माटो रहेको कृषि शाखाले जनाएको छ ।
तर सडक सञ्जालले नछुदा र बजारीकरणको उपयुक्त व्यवस्था नहुदा उत्पादित बस्तुबाट घाटा भएको कृषकहरुको भनाई छ ।
अहिले यस वस्तीमा सबैभन्दा धेरै उत्पादन काउली र आलु रहेको छ । त्यहाँको बजार पाखापानी हो । अहिले काउँलीको मुल्य १४ देखि १५ रुपैयाँ मात्र रहेको छ । जसको उत्पादनको लागि लागत पनि नउठ्ने त्यहा कृषक ओम बहादुर खड्काले बताए ।
उनले व्यवसायिक रुपमा तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनेगरी काम गर्दा पनि भनेअनुसारको मुल्य नहुदा समस्या हुने गरेको भन्दै दुख व्यक्त गरे ।
अर्का किसान याम बहादुर ओलीले आफुहरुले उत्पादन गरेको काउली, बन्दा र आलुभन्दा खोलामा उम्रने डौडे नै महंगो भएको भन्दै दुख गरेअनुसारको प्रतिफल नआएको बताए ।
यो गाउँ सिंचाई र उर्वर माटो पर्याप्त रहेको छ । यस टोलमा बार्षिक एक हजार क्युटल जती तरकारी उत्पादन हुने गरेको छ । त्यो उत्पादन सबै बोकेरै किसानहरुले बजारमा पु¥याउनुपर्ने बाध्यता रहेको छ ।
सडक सञ्जालको शुविधा अहिलेसम्म पुगेको छैन् । सडकको नयाँ काम गाउँपालिकाको पहलमा भ्रखर खालिएको छ तर सवारी संचालनको लागि उपयुक्त भइसकेको छैन् । गुराँस गाउँपालिकाका अधिकांस ठाउँमा तरकारी खेती गरिन्छ तर भनेअनुसारको मुल्य नपाउँदा कृषकहरुले आम्दानी लिन सकेका छैनन् ।
यता, गाउँपालिकाले भने उत्पादनलाई जोड दिदै व्यवसायिक कृषकहरु बनाउने योजना ल्याएको छ । बजारी करण कसरी गर्ने भन्ने विषयमा गाउँपालिकाले यो आर्थिक बर्षमा तरकारी संकलन केन्द्र बनाउने तयारी गरेको बताएक