surkhet

टोपबहादुर रायमाझीसहित ४ पूर्वमाओवादी नेता माओवादी नरहेको सर्वोच्चको ठहर

surkhet

काठमान्डौ – आफूहरु माओवादीकै सांसद रहेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका पूर्वमाओवादीहरुको चार नेतालाई सर्वाेच्च अदालतले माओवादीका सांसद नरहेको फैसला गरेको छ ।

साउन १३ गते नेकपा एमालेमा प्रवेश गरेका ४ पूर्वमाओवादी नेताहरुले दायर गरेको मुद्धाबमोजिम आदेश दिन नमिल्ने भन्दै सर्वाेच्चले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Gorkha

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Dailekh

स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उनीहरुले एमालेको पार्टी सदस्यता नलिएको भन्दै माओवादीकै नेता रहेको दाबी गर्दै आईरहेका थिए ।अहिले चारै जना नेता ललितपुरको च्यासलमा एमालेको स्थायी कमिटी बैठकमा सहभागी छन् ।

 

 

salyan