surkhet

प्रहरीको गाडीबाटै थुनुवा भागे प्रहरी हेरेको हेरेई

surkhet

साउन ३० ,काठमाडौँ – प्रहरीको गाडीबाटै थुनुवा भागेका छन् । जबर्जस्ती करणीको आरोपमा प,क्राउ परेका निर्मल परियार प्रहरीको गाडीबाट भागेका हुन्।

महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका उनि प्रहरी अस्पताल महाराजगन्जबाट पीसीआर परीक्षण गरेर फर्किने क्रममा शुक्रबार दिउँसो करिब ३ न्यूरोडबाट भागेको प्रहरी श्रोतले जनायो।

Gorkha

बलात्कार आरोपमा प,क्राउ परेका परियारलाई प्रहरी अस्पतालमा पीसीआर परीक्षणका लागि लगिएको थियो।पीसीआर गराएर प्रहरीको गाडीमै अन्य थुनुवासहित परियारलाई जनसेवाको हिरासतमा लैजाने क्रममा न्यूरोडबाट भागेको जनसेवाका डीएसपी दिलबहादुर मल्लले बताए ।

Dailekh

उनको खोजिभईरहेको मल्लले बताए। प्रहरी अस्पतालमा पीसीआर परीक्षणका लागि लैजाँदै गर्दा परियारलाई हत्कडी भने लगाईएको थिएन।

अन्य थुनुवालाई हत्कडी लगाएपनि उनलाई किन हत्कडी लगाईएन भन्ने बारे पनि आशंका जागेका छन्। न्यूरोडमा सवारी जाम परेको मौकामा परियार भागेको र प्रहरीले हेलचेक्र्याइँ गरेको भन्दै आलोचना भईरहेको छ।

 

salyan